देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तराईमा बाक्लो हुस्सु ,उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

देशान्तर

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर परेको छ। झन्डै एक महिनालदेखि लाग्दै आएको बाक्लो हुस्सु र पश्चिम तराईका केही ठाउँमा परेको शीतलहरका कारण तराईको जनजीवन दैनदिन कष्टकर बन्दै गएको छ । महाशाखाले अझै केही दिन तराईमा लागेको बाक्लो हुस्सु नहट्ने जनाएको छ ।

यता देशभर चिसो बढ्ने क्रम रोकिएको छैन । उपत्यका सहित देशभर चिसो बढ्दो क्रममा छ ।

आज काठमाडौंको न्युनतम तापक्रम २ दशमलब १ डिग्रि सेल्सियस मापन भएको छ ।

महाशाखाको अनुसार आज पहाडी क्षेत्रमा भने मौसम आंशिक रुपमा बदली भएको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।