देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उच्च पहाडी क्षेत्रमा हल्का हिमपात, छैन पानी पर्ने सम्भावना

देशान्तर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराईका जिल्लामा हुस्सु र कुहिरोको समस्या निरन्तर रहनेछ ।

मंगलबार दिउँसो केही ठाउँहरुमा आंशिक बदली भएपनि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपालको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराईमा तत्काल चिसो घट्ने सम्भावना छैन भने काठमाडौंसहित देशभर पानी पर्ने सम्भावना समेत छैन ।