देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुसी दूतावास अगाडि प्रदर्शन

देशान्तर

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ । नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकारकर्मीहरूले सोमबार दिउँसो प्रदर्शन गरेका हुन् ।


उनीहरूले नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई बिना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् । प्रदर्शनमा उनीहरूले रसिया: स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वार : नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वार : गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गस लगायतका प्लेकार्डहरु देखाएका थिए ।