देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैन : डा. मिनेन्द्र रिजाल

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए । उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए ।


ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो,मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन भएको भन्दै उनले पृथ्वी सुब्बा गुरुङले झुक्क्याउन, फकाउन, लोभ्याउन नसके प्रधानमन्त्री फेरेको फे–यै गर्ने बताए । नेता रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताए । उनले विकास सम्भव नभएकाले झूटो कुरा गर्न नहुने तर्क गरे ।


कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टी र नेताहरू सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरे ।
उनले नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको उल्लेख गरे ।संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास र पात्रहरूमा समस्या भएको उनको भनाइ छ । महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरूले दशकौँअघिको सिद्धान्त बोकेर हिँडिरहेको बताए ।