देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनसम्पर्क समिति क्यानडाले जुलाईमा दोस्रो विश्व प्रशिक्षण कार्यक्रम आयोजना गर्ने



नेपाली जनसम्पर्क समिति क्यानडाले जुलाईको २८ र २९ तारिखमा दोस्रो विश्व प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रमलाई बिश्व भरिका जनसम्पर्क समितिले पनि सहभागिता जनाउने निर्णय नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेस निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टको सभापतित्वमा सम्पन्न बैठकले निर्णय गरीएको जानकारी बिज्ञप्ति मार्फत गरिएको छ।

साथै उक्त पत्रमा कार्यक्रम लाई सफल बनाउन केन्द्रिय प्रमुख अतिथी तोक्नुको साथै पार्टीका विभिन्न तहका मातहतलाई पत्राचार गरी कार्यक्रमलाई सफल बनाउन सहयोगको अपेक्षा गरिएको कुरा समेत उल्लेख गरीएको छ।

“नेपाली जनसम्पर्क समिति क्यानाडाको कार्यसमितिले पछिल्लो समयमा युवाहरुको विदेशमा बढोत्तरी संख्यालाई र पछिल्लो समयमा देशको राजनीतिक घटनालाई मध्यनजर गरी नेपाली कांग्रेस प्रति सकारात्मक धारणा र पार्टीको संगठन मजबुत गराउने उद्देश्य राखी नेपाली जनसम्पर्र्क समिति क्यानाडाले दोस्रो विश्व प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको “नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापती बुद्धि प्रकाश वलीले भने।

पहिलो विश्व प्रशिक्षण नेपाली जनसम्पर्क समिति डेनमार्कले सम्पन्न गरेको थियो।