प्रशिक्षार्थी पत्रकार आशरा केसी
काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नारावाजी र अवरोधकावीच नेपाल पत्रकार महासंघका हालसम्मका सभापतिहरूबारे लेखिएको पुस्तक अग्र अनुहारको विमोचन गरिएको छ । पर्यटनबोर्डमा आयोजित विमोचन कार्यक्रममा फोनिजका पदाधिकारी र समर्थकहरूले विमोचनको बेलामा नारावाजी गर्दै मञ्चमै गएर अग्रज पत्रकारहरूको हातबाट किताब थुतेर च्यातेका थिए ।
महासङ्घको संस्थापक सभापतिबारे विवादलाई कारण देखाउँदै फोनिजले अबरोध गरेको हो । फोनिजको महासङ्घको संस्थापक अध्यक्ष सत्यन्द्रबहादुर श्रेष्ठ भएको दाबी गरेको थियो । पत्रकार महासङ्घको आधिकारिक दस्ताबेजहरूमा भने संस्थापक अध्यक्षको रूपमा कृष्णप्रसाद भट्टराई उल्लेख छ । कार्यक्रममा अबरोध गर्न फोनिजका पदाधिकारी समर्थकहरू कार्यक्रमस्थलमा भेला भएपछि कार्यक्रममा प्रमुख अतिथि र मुख्य अतिथि तोकिएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मा अनुपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकारहरु किशोर नेपाल, हरिहर विरही, प्राध्यापक रामकृष्ण रेग्मी र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले इतिहास अध्ययन र अनुसन्धानबाट थप प्रमाण फेला परेमा संशोधन हुँदै जाने धारणा राखेका थिए । महासङ्घको प्रतिष्ठान प्रदेशले प्रकाशन गरेको पुस्तकमा महासङ्घको नेतृत्व गरेका २३ जनाबारे लेखिएको सामग्री समेटिएको छ ।
पुस्तकमा महिलालाई स्थान नदिएको भन्दै आलोचना भएपछि आयोजकले पत्रकार महासंघका अध्यक्ष र सभापतिहरूबारे लेखिएको र हालसम्म कुनै महिला पत्रकार अध्यक्ष नभएकाले समेट्न नसकिएको धारणा राखेपछि कार्यक्रममा सहभागीहरू सहमत भएका थिए । पुस्तक बालकृष्ण अधिकारीले सम्पादन गरेका हुन् ।





प्रतिक्रिया