देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना

देशान्तर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने देशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ ।

त्यस्तै, बेलुका देशभर आंशिकदेखि साधारणतया बदली रही देशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।