देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम पूर्वानुमान- हल्का वर्षा र हिमपातको सम्भावना

देशान्तर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भने एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।