देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफू सरकारमा पुगे ऋण मिनाहा गरिदिने प्रसाईको आश्वासन

देशान्तर

प्रशिक्षार्थी पत्रकार श्रीजङग खत्री

काठमाडौँ । हिजो काठमाडौंमा शक्ति प्रदर्शन गरेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आज भक्तपुरमा पत्रकार सम्मेलन गरेर आफू सरकारमा पुगे लघुवित्त र सहकारीको ऋणबाट पीडितहरुको ऋण मिनाहा गरिदिने बचन दिएका छन् ।

प्रसाईको अभियानमा सहभागी हुन तराई क्षेत्रबाट आएका लघुवित्त पीडितहरुलाई बिदाइ गर्दै उनले आफूलाई उनीहरुले सरकार नै सोचेर आएपनि आफू सहयोग गर्नसक्ने ठाउँमा नभएको बताए ।
उनले झापाको बिर्तामोडमा आगामी फागुन १५ गते हुने कार्यक्रममा १० जना दोस्रो तहका नेता र १५ जना तस्करको फोटो सार्वजनिक गर्ने पनि बताए । केही मिडियाले आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै उनले नेपालमा सही पत्रकारिता गर्नेको महासंघ नै नभएको आरोप लगाए ।
महाअभियानले आफ्नो प्रथम वार्षिकोत्सव हिजो तामझामका साथ मनाएको थियो । प्रसाईले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दनमा सहभागी भइदिन आग्रह गरेपनि प्रसाईको कार्यक्रम छल्न ज्ञानेन्द्र सपरिवार चितवनतर्फ गएका कारण सहभागी भएनन् । प्रसाईका समर्थकहरुले उनलाई मानव साङ्लो बनाएर सुरक्षा दिँदै भृकुटीमण्डपको कार्यक्रम स्थलमा प्रवेश गराएका थिए । प्रसाईले यसअघि गत मंसिर ७ गते बल्खुमा शक्ति प्रदर्शन गरेका थिए ।