देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्छ  : उपप्रमुख डङ्गोल

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सबैले आफूभित्र भएको कलाकारितालाई जीवित राख्नुपर्ने बताएकी छिन् ।

शुक्रबार नेपाल कला परिषद्मा चित्रकार बिजेन्द्रको कला प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले सबैले आफूभित्र रहेको कलाकारितालाई व्यूँताउन आवश्यक रहेको बताइन् ।

बिजेन्द्रको सबैले आफूभित्र रहेको कलालाई सम्मान गर्दै अगाडी बढ्नुपर्ने सन्देश उक्त कला प्रर्दशनीले दिएको उपप्रमुख डङ्गोलको भनाइ थियो ।

उनले भनिन्, ‘सबै भित्र कलाकारिता छ । तर त्यो कलालाई व्यूँताउनुपर्छ भन्ने सन्देश यो प्रदर्शनीले दिएको छ । व्यापार व्यवसाय गरिराख्दा आफ्नो व्यवसायीक पृष्ठभूमि जे जस्तो, जता भएपनि सबैभित्र भएको कला र जोशलाई सदैव जीवित राख्नुपर्दछ ।’

सम्पदामा आधारित कलाभन्दा त्यसभित्रको कथा र त्यसको अर्थ बुझ्नु महत्वपूर्ण रहेको उनको धारणा छ ।

‘सबै सम्पदाको कुरा गर्ने हो भने, पनि हाम्रो सम्पदाहरूमा पनि जति धेरै त्यसको कलाको महत्व छ ।  हुँदै गयो । त्यो भन्दापनि महत्वपूर्ण त्यसभित्रको कथा जब हामीले भन्छौँ । तब बल्ल त्यसको अर्थ रहन्छ ।’ उनले भनिन्, ‘ यो कला प्रदर्शनी साधारण मानिसले हेर्दा चाखलाग्दो नै रहेछ । फरक विविधता मात्र भन्ला । तर हरेक कला को एउटा कथा बुझ्छौँ त्यसपछि यो कला प्रदर्शनीको महत्व बुझ्नसकिन्छ जस्तो लाग्छ ।’

०००