देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छानबिन आयोगको निष्कर्ष : बालकुमारी घटनाको नैतिक जिम्मेवारी मन्त्री ज्वालाले लिनुपर्छ

देशान्तर

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आयोगले शुझबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भैरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ ।

आयोगले हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको संवेदनशीलताको खयाल नगरि मन्त्री पुग्नु कमजोरी रहेको जनाएको छ ।

मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।

यस्तै, बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले जनाएको छ ।

पीएसओ दनुवारले सुरक्षा नजरअन्दाज गरेर गलत ठाउँमा मन्त्रीलाई पुर्याएको र डीएसपी लम्सालले सुरक्षा मिलाउन नसकेर बल प्रयोग गरेको आयोगको निष्कर्ष छ ।

गएको पुस १३ गते कोरियन भाषा परिक्षा ईपिएसको परिक्षामा सहभागि गराउन माग गर्दै भएको प्रदर्शनान प्रहरी गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।

उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।