देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलस यात्रामा झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलायो

देशान्तर

काठमाडौं । । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो। 

झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन्।

झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ।