देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिचरा हामी



कहिले ‘लपेटा’ नखाएकाहरू
लपेटिएको त्यो मैलो खोल
र, त्यसबाट निस्केको दुर्गन्ध
‘मार्सी चामल’ खाँदा खाँदा
ह्वास्सै गन्हाउने झुसिलो डकार
डुंग गन्हाएकाहरू
अझै आलोपालो खाने चटारो

दुई अम्मलीको पैदावार
एउटा लुज एलाइन्स
सधैंको तरखर भोग्नको लागि
ल्ट्ठिएको ‘ध्रुवे हात्ती’
बिगौती खाएका र खान आतुर भँगडी–वंशीहरू
एउटै घर आँगनमा
दुईतिर पंक्तिबद्ध छन्
पारिको शंखघोष सुन्न
र, यस क्रममा…
भताभुङ्ग भएको यो सुन्दर साझा बगैँचा
र, हामी –
सातौँ असमानमा पु¥याइएकाहरू

अन्तले सिर्जना गरेको असन्तुलन
भत्काइएका पर्खालहरू
सरासरी छिर्नको लागि
होइन, छिर्ने बाटो त पहिले नै थियो
भत्काइएको त बिना रोकटोक चर्नको लागि
अन्तको चरन बनेको मुलुक

यी पारितोषिक खानेहरूको
अन्त्यहीन प्रतिस्पर्धात्मक खेल
मुलुकको संवेदनशीलताको व्यापार गरेर
बिचरा हामी
प्रत्येक पाँचवर्षे चहलपहलका