देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसपी अधिकारी काठमाडौं प्रहरी परिसरको प्रवक्ता

देशान्तर

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए । उनी परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको ठाउँमा सरुवा भएर आएका हुन् ।

ढुंगेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।