देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

देशान्तर

काठमाडौं  काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्।

ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको थियो। हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताइन्।

‘हत्यापछि श्रीमान् हरिसिद्धीस्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन्,’ उनले भनिन्।

घिमिरे घर बनाउने काम गर्थे। हत्यापछि उनले ससुरालाई फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए।

हत्याको कारण खुलिसकेको छैन। प्रहरीले शवको मुचुल्का उठाइरहेको छ।