देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुमेको जिन्दगीको सिमाना


जिन्दगी बाँच्नको लागि हो
जिन्दगी हाँस्नको लागि हो
छोड गनगन, छोड कचकच
जिन्दगी रम्नको लागि हो

चराहरूको चिरबिरमा हेर्दै उषाको सुन्दर चेहरा
घुम्टो उघारेकी बिहानीले देखाएकी अनन्त रूप
जिन्दगीका सम्भावना अनन्त छन् अनन्त नै
चुमेको जिन्दगीको सिमाना कहाँ नै छ र ?

खुसीका लहरहरू सागरभन्दा गहिरा छन्
खुसीका ध्वनिहरू सगरभन्दा माथि छन्
पलपल जोडिएर बनेको यो जिन्दगानी
पलपलको खुसीबाट चलेको यो जिन्दगीको गाडी

रमौँ हाँसौँ गीत गाऔँ खुसी जिन्दगीको
भलो सोचौँ, भलो बोलौँ खुसी यो जिन्दगीको