देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नामिबियाको नेपाललाई २०७ रनको लक्ष्य

देशान्तर

काठमाडौं। त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आजको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको हो । नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे।

उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए। लोफ्टीले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् । ३३ बलमा शतक पूरा गर्दै लोफ्टीले कुशलको कीर्तिमान तोडेका हुन् । कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।