देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै

देशान्तर

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजय भोगेको थियो । टी-२० मा नेदरल्याण्ड्सको भने पहिलो खेल हो ।

नेपाल नामिबियाविरुद्धको खेलमा भोगेको पराजय विर्सदै नयाँ शीराबाट सुरु गर्ने तयारीमा रहँदा नेदरल्याण्ड्सपनि घरेलु टोली नेपाललाई स्तब्ध बनाउन प्रयास गर्ने छ ।

नामिवियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले लगातार विकेट गुमाए पनि रनरेटलाई कायमै राख्दा जित नजिक पुगेर पनि पराजय भोगेकाले गल्ती सुधार गर्दै नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रने रणनीतिमा हुने छ । आइसीसीको टी २० वरियतामा नेदरल्याण्ड्स १५ औं तथा नेपाल १६ औं स्थानमा रहेकाले पनि आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा ।