देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललिता निवासको जग्गा खाली गर्ने महानगरको सूचनामा अन्तरिम आदेश

देशान्तर

काठमाडौं। ललिता निवासको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको हदम्यादविरुद्ध पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

प्रकाश खरेलको एकल इजलासले विशेष अदालतको फैसला अन्तिम नभएको र पुनरावेदन गर्ने हदम्याद बाँकी नै रहेको अवस्थामा अहिले नै जग्गा खाली गर भन्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी भएको उल्लेख गरेको छ।

खरेलको एकल इजलासले दुई वटा आधारलाई टेकेर काठमाडौं महानगरपालिकाको निर्देशनविरुद्ध अन्तरिम आदेश दिएको हो।