देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिदा हुन लागेका सांसदबाट रातो पासपोर्ट फिर्ता गर्न आग्रह

देशान्तर

काठमाडौँ । बिदा हुन लागेका राष्ट्रिय सभाका २० सांसदबाट रातो पासपोर्ट फिर्ता मागिएको छ । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै यही फागुन २० गते पदावधि सकिन लागेका राष्ट्रिय सभाका सदस्यबाट राहदानी बुझाउन आग्रह गरेको हो ।
सरकारी पदमा रहेको व्यक्तिले पदबाट अलग भएको एक महिनाभित्र कूटनीतिक राहदानी फिर्ता गर्नु पर्ने व्यवस्था अनुसार कार्यकाल समाप्त हुने संघीय संसद्, राष्ट्रिय सभाका सदस्यलाई आगामी चैत्र २० गतेभित्र कूटनीतिक राहदानी नियमबमोजिम राहदानी विभाग, त्रिपुरेश्वरमा फिर्ता गर्न आग्रह गरिएको हो । संघीय संसद् सचिवालयमार्फत राहदानी फिर्ता गर्न चाहनेलाई आगामी चैत १९ गते भित्र संघीय संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा बुझाउन भनिएको छ ।