देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहाडमा आंशिक बदली, एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना

देशान्तर

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भएपनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसाल हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिकमात्रै प्रभाव छ ।

बिहीबार विहान कणर्ाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।