देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घरघरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा कांग्रेस छैन : महामन्त्री शर्मा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकार बनाउने ‘धन्दा’मा नलाग्ने र अब नागरिकले पनि कांग्रेसलाई सरकारको धन्दामा नलाग्न खबरदारी गर्नुपर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धोका खानेजति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ भएकाले त्यसका लागि अहिले हतार गर्न जरुरी नभएको बताए ।


शर्माले कांग्रेस अब घरघरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नभएको र कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पु¥याउनेतर्फ नलाग्ने स्पष्ट पारे । उनले कांग्रेस अब जनताका मुद्दा लिएर खरो रूपमा उत्रने बताए । उनले अहिले बनेको नयाँ गठबन्धनलाई काम गर्न दिएर कांग्रेस सशक्त प्रतिपक्ष बन्नुपर्ने बताए ।


उनले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरूको भूमिका चित्तबुझ्दो नभएको आफूहरूले नै भनेको तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती मन्त्री फेर्नुको सट्टा हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाए ।