देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कत्रो गडगडाउँदो हलचल ? 


सन् १९५६ को सिनेमा

नाम – ‘हम सब चोर हैं’

सिनेमा अनायास सम्झेको होइन

झ्वाट्ट सम्झायो मुलुकको लाइभ सिनेमाले

कौतूहल जाग्यो – कुन सिनेमा राम्रो ?

विस्मृति उधिन्न थाले 

सम्झनाको गोरेटो पहिल्याउन

झल्याक्क झुलुक्क देखिँदै गयो

त्यसमा लागे

कुद्दै, रोकिँदै, फेरि कुद्दै

अनि देखेँ केही सिनहरू 

चोरलाई पनि चोरले ठगेको

त्यसरी ठगेको सत्ता–लत्ता 

झन् अर्को चोरले कुम्ल्याएको

अत्तोपत्तो नदिएर

चोर माथि चकार ! 

यी चोरहरूलाई सधैं डर छ एकअर्काको

आँखा नझिम्काएर हेरिरहेका एकअर्कालाई

सर्प, बिच्छी, भ्यागुता मुद्रामा

केवल मुद्रामा मात्र, एकअर्काबाट सुरक्षित हुन

चोर्ने बेलामा फेरि मिल्छन्

सहकार्य अनिवार्य भयो भनेर

तर केवल दुई मात्र

दुई नै पर्याप्त भएको बेला तीन किन ?

भागबन्डा मात्र बढ्ने!

तीन जना पनि मिल्छन् कहिलेकाहीँ

स्पेसल मिसनको बेला 

भरपूर मनोरञ्जनकारी छ सिनेमा 

हाम्रो मुलुकमा पनि बनेका छन् 

चोर माथि चकार सिरियलहरू

तर उम्दा त लाइभ प्रदर्शन नै छ

तीन जनाको

सिंगो मुलुक नै ओपन थिएटर 

लाइभ प्रदर्शन बर्सौँ वर्षदेखिको

जनताको आवाज –

काग गराउँदै छ, पिना सुक्दै छ

चोर माथि चकार

घुम्ती घुम्तीमा छ यो चकार

उकालो ओरालो, अँध्यारो उज्यालो हेरेर 

जगेडाको अदली बदलीबाट

हामीकहाँ यी तीन ठगहरू

दुई मिलेर ठग्ने 

अनि सयकडौं आबद्ध साना ठगहरू

बिचौलिया ठग, भ्याट मार्ने ठग, सुन खाने ठग 

जग्गा खाने ठग, नदी खाने ठग, बजेट खाने ठग

अनेपाली बनाएर बेच्ने ठग, पद बेच्ने ठग, 

किस्ता किस्तामा नागरिकता बेच्ने ठग

ठगै ठगले बनाएको अलकापुरी

रजाइँ छ यी ठगै ठगहरूको

कुकुर बिरालो जस्तो झगडा गर्छन्

एकअर्कालाई त तुँकारी तामो ताछेर

नाम लिँदा पनि कुल्ला गर्छन् 

तर कुल्ला गर्दा पनि पल्ला हेर्छन्

मिलाउनेले तुलो मिलाएपछि

फेरि लिखत पास गरिहाल्छन्

लिखितम् धनीको नाम शैलीमा 

नाम ठेगाना कित्ता फरक 

इमानदारीको बखान

अग्रगमनको हिफाजत

लेनदेनको फिरिस्त

बस छुटेकोले बस हाँक्नेलाई बेइमान भन्ने

जब तिनै जना चोर छन्, बेइमान छन्

किन एकले एकले अर्कोलाई बेइमान भन्ने ? 

कुन चरोको नाम हो नैतिकता यिनको 

अनि एकले अर्कोलाई अनैतिक किन भन्ने ?

अन्त बाटेको डोरीको

लवरपाँडे फुर्ति लगाएर