देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईसीसीका अध्यक्षले गरे प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् ।मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताए । भेटमा अध्यक्ष बार्कलेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताए ।