काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू प्रश्नभन्दा माथि नरहेको र आफूहरु कुनै दलसँग पछि नहिँडेको प्रस्ट बताएका छन् ।
वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै उनले प्रश्नभित्रै रहेको तर, ती प्रश्न कहाँ कुन कोणमा पूर्वाग्रह र आग्रहसहित आएका हुन् कि प्रश्न जस्ता प्रश्न हुन् भन्ने कुराले फेरि ठूलो प्रश्न गर्ने बताए । उनले पछाडि नहटने र कुनै दलसँग पछि लाग्न नहिँडेको बताए । देश परिवर्तन गर्न आफूहरु हिँडेको उनको भनाइ छ ।
यस्तै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेले जिम्मेवारी सम्हालेपछि सकारात्मक सन्देश देखिन थालेको बताए । कृष्णबहादुर महरा कानूनको घेरामा ल्याउनु सानोतीनो कदम नभएको भन्दै उनले सत्तारुढ दलको उपाध्यक्षलाई कानूनको घेरामा ल्याउन सक्नेका लागि अरु यीनको तुलनामा ठूलो नभएको तर्क गरे ।





प्रतिक्रिया