देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदीय छानबिन समितिको मागमा कांग्रेस अडिग : ‘प्रचण्ड’ सहमत भएनन्

देशान्तर

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सोमबार सिंहदरबारस्थित सभामुखको सचिवालयमा बैठक बसेको हो । छलफलमा नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको छ ।

सहकारीको रकम ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै कांग्रेस नेताहरू बैठकबाट बाहिरिएका छन् । कांग्रेस सचेतक रमेशलेखकका अनुसार कांग्रेसको मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएनन् ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एवं रास्वपाका सभापति लामिछानेलगायत नेता सहभागी थिए ।