देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लता गिरी दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट सम्मानित

देशान्तर

काठमाडौं। नेपाल स्रष्टा समाजले वर्ष २०८१ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार तथा सामाजिक अभियन्ता लता गिरीलाई प्रदान गरेको छ । स्वास्थ्यको कारण काठमाण्डौँसम्म आएर गिरीले सम्मान ग्रहण गर्न नसक्ने भएपछि समाजका अध्यक्ष श्रीओा श्रेष्ठ रोदन र महासचिव देबिका तिमल्सिनाले उनकै निवास बिराटनगर पुगेर सम्मान अर्पण गरेका हुन् ।

११ वर्षको उमेरमा विवाह भएर ३५ वर्षदेखि एकल रूपमा रहेकी गिरीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ। उहाँका तीन भजनसङ्ग्रह तथा चेतनामूलक गीतहरू रेकर्ड भइसकेका छन् ।

यस सम्मानको स्थापना आफ्नी आमाका नाममा साहित्यकार पुष्पा खनालले गरेकी हुन् । नेपाली साहित्यमा क्रियाशील भईकन पनि ओझेलमा परेका नारी स्रष्टालाई यो सम्मान प्रदान गरिन्छ ।

यसअघि सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी खनाल र यमुना अधिकारी पराजुली दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मानबाट सम्मानित भैसकेका छन् ।

पन्ध्र हजार एक सय एघार राशिसहितको यो सम्मान दमन्ता खनालको जन्म जयन्तीका अवसरमा प्रत्येक वर्ष वैशाख ९ गते प्रदान गर्ने गरिन्छ ।