देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

देशान्तर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनी विरूद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १(क)बमोजिम कैदा सजाय  बिगो बमोजिम जरिवाना माग गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।