देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नालापानी सबै दलका नेतालाई देखाउने निर्देशक अधिकारीको तयारी

देशान्तर

​​​​​​​

काठमाडौं । साउन १८ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी गरेको ऐतिहासिक चलचित्र नालापानीलाई सबै दलका नेताहरुलाई देखाउने निर्माण पक्षको तयारी छ । यसै तयारी अनुसार हालै नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा चलचित्र देखाइएको थियो । निर्देशक रिमेश अधिकारीका अनुसार नालापानी हेरेपछि एमाले नेताहरूले यो चलचित्र सबैलाई हेर्न आग्रह गरेका छन्।

चलचित्र हेरेपछि एमाले महासचिव शंकर पोखरेलले नेपाल बचाउन वीर नेपाली सेनाले खेलेको भूमिकाको प्रसंसा गर्दै फिल्म नेपाली इतिहासको त्यही कथालाई बोकेको प्रतिकृया दिएका थिए । एमाले नेता प्रेमनाथ अधिकारीले पनि चलचित्रले नेपालीहरूको वीरता संसारलाई चिनाएको प्रतिकृया दिदै इतिहास बुझ्न यो चलचित्र सबैले हेर्नु पर्ने बताए ।