देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सबै पार्टी फुटाउने रणनीतिमा ओली

देशान्तर


काठमाडौं । सत्ता केन्द्रित राजनीति र अनेक गरेर बहुमत टिकाउने ध्याउन्नमा रहेका माओवादी एमाले गठबन्धनका शीर्ष नेताहरूले सत्ता जोगाउन जे पनि गर्ने भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिएपछि विपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउन जे पनि गर्छु भन्ने प्रधानमन्त्रीको भनाइमा दलहरू फुटाउनेदेखि अरू के–के होला भन्दै प्रश्न गरेका गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सिन्धुलीमा आयोजित पार्टीको एक कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताउँदै जसपा नेपाल फुट्नु पनि त्यसैको सिलसिला भएको बताएका थिए । जसपा नेपालको फुटलाई उपेन्द्र यादव पक्षले सत्तारूढ दलले पार्टी फुटाइदिएको बताउँदै आएको छ । यादवको जसपा नेपालबाट ७ जना सांसद अलग हँुदै पार्टी फुटाएर जसपा गठन गरी अहिले सरकारमा समेत सामेल भएको छ । पार्टी विभाजन गरेर गएका शीर्ष तहका नेताहरू एमाले पृष्ठभूमिका भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा पार्टी फुटाइएको बताउनेहरू छन् । एमाले माओवादी गठबन्धनको विकल्पमा बहुमत बन्न लागेको सुईको पाएर ओलीले जसपा नेपाल फुटाइदिएको अब कतै नछिपेको विषय भइसकेको छ ।


अन्य दललाई टुटफुट गर्ने योजना ओलीले कार्यान्वयन सुरु भएको र अशोक राईलाई एमालेभित्र ल्याएर ठूलो पार्टी बनाउने ओली रणनीति रहेको राजनीतिक विश्लेषकहरूकोे भनाइ छ । अब ओलीको ध्यान एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ रहेको छ । यसका लागि ती पार्टीभित्रका चल्तापुर्जा नेता तथा कार्यकर्तासँग एमालेले भित्रभित्रै संवाद र सहकार्यलाई अघि बढाइएको स्रोतको भनाइ छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालमार्फत विभाजनको बिउ रोप्न सकिने र प्रेमबहादुर आलेलगायतका सांसदलाई तत्काल तान्न सकिने एमालेको बुझाइ र रणनीति छ भने एमाले पृष्ठभूमिबाट रास्वपामा प्रवेश गरेका सांसद तथा नेताहरूमार्फत रास्वपाका अध्यक्ष बदनाम हुँदै गएकोले पार्टी जोगाउन कदम चाल्नु परेको भन्ने स्टेपमा पु¥याउन ओलीले आफ्ना विश्वासपात्र परिचालन गरेको गाइँगुइँ हुन थालेको छ । केपी ओली जसरी पनि अरू दलहरूलाई विभाजित गर्ने र त्यहाँबाट पार्टीमा ल्याएर आफू संसद्को ठूलो दल हुने सपना देख्दै आएका छन् । उनको पार्टी एक सिटले पनि ठूलो बनेको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर आफू प्रधानमन्त्री बन्ने र संसद्मा लगातार टसल भइरहे अघिल्लो पटक गरेको संसद् विघटन ठीक थियो भन्ने पुष्टि गर्न फेरि मध्यावधिको चुनाव घोषणा गर्ने रणनीतिमा रहेको राजनीतिक वृत्तमा चर्चा चल्दै आएको छ ।


जसपाको विभाजन कानुनसम्मत थियो कि थिएन भन्ने निरूपण हुन बाँकी छ । यो पार्टी गठन र पछिल्लो पटक प्रधानमन्त्रीले लिएको विश्वासको मतबारे परेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । रातारात दल दर्ता हुनु हतारहतार विश्वासको मत लिनु र सरकारले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन विधेयक संसद्बाट फिर्ता लिनुले ओली अरू दल फुटाउने ध्याउन्नमा लागेको कुरालाई थप बल पु¥याएको छ ।