देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोमानियामा भण्डारीको संयोजकत्वमा वैदेशिक प्रवासी नेपाली सङ्घ गठन

देशान्तर

काठमाडौँ । रोमानियामा रहेका नेपालीहरूको मङ्गलवार सम्पन्न भेलाले  तुलसीराम भण्डारीको संयोजकत्वमा वैदेशिक प्रवासी नेपाली सङ्घ  गठन गरेको छ ।  

सङ्घको सह संयोजकमा मनीष मगर, महासचिवमा सुमन मोक्तान  र सचिवमा परी रिजाल अधिकारी  रहेकी छन् । त्यसैगरी सङ्घको  आर्थिक संयोजकमा बुद्ध  राउत ,सांस्कृतिक संयोजकमा टीका माझी , खेलकुद संयोजकमा लेखनाथ कटुवाल ,सञ्चार संयोजकमा सन्तोष चौलागाईं र शरद लम्साल सह सञ्चार संयोजक  चयन भएका छन् । 

 छिरिङ शेर्पा , राहुल परियार , आयुश तामाङ  सदस्य रहेको सङ्घको  सल्लाहकारमा शुक लाल गदाल   , सचित अधिकारी   र रबी थापा (काजी)वरिष्ठ  सल्लाहकार रहेका छन् ।  

पोल्यान्ड निवासी अभियन्ता मित्रलाल पार्देको परिकल्पनामा अघि बढेको   करिब एक सय देशमा राज्य समिति बनेपछि बल्ल अन्तर्राष्ट्रिय समिति बन्ने छ ।