काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
शनिवार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख हरि गोविन्द श्रेष्ठको अध्यक्षता तथा खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा वडा कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री राईले महालक्ष्मीमा खानेपानीको समस्या हुन नदिने र जसका लागि बजेट व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो भएको बताएका थिए । नगर प्रमुख श्रेष्ठले नगरपालिकाको प्रशासनिक भवन भन्दा पनि वडा कार्यालयको आवश्यकता बढी रहेकोले वडा कार्यालय निर्माणको प्रक्रियालाई प्राथमिकतामा राखेको बताए ।
वडा कार्यालय भवनको समुद्घाट कार्यक्रममा संघीय सांसद प्रेम महर्जन, उप प्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया