देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

देशान्तर

काठमाडौं । मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मनहरी गाउँपालिकाको वडा नम्बर ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति कार्यमा अनियमितता  गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत देवराज चौलागाई र तत्कालीन इन्जिनियर अमित कुमार ठाकुरविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

मुद्दामा प्रतिक्षा निर्माण सेवा निर्माण व्यवसायी बुद्धिराज कँडेललाई प्रतिवादी बनाइएको छ । सडक स्तरोन्तिका क्रममा कम काम भएको यथार्थभन्दा बढी मूल्यांकन गरी उक्त योजनाको स्थलगत रुपमा निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरित गरेको कार्यलाई  गुणस्तरयुक्त भएको भनी झुट्टा बिल भर्पाइ बनाइ कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको कार्यबाट ३ लाख ९१ हजार ९२९ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

उनीहरूविरुद्ध ३ लाख ९१ हजार ९२९ रुपैयाँ बिगो र जरिवाना माग गरिएको आरोप पत्रमा उल्लेख  छ ।