देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफैंलाई त्यहाँ देखिरहेछु


चिरायु वचन
सुन्थे– ‘जीवेम् शरदः शतम्’
अर्थात्, सय शरद ऋतुसम्म बाँचौँ

वैदिक मान्यता श्रुति प्रवाह
श्रुतिस्मृति – ऋषि संगृहीत देववाणी
सृष्टिभन्दा बढी रहस्यमयी

मानव शरीररूपी मेसिनको उपयोगिता
चेतन मन, चलायमान शरीर
निर्धारित सीमा केवल १०० वर्ष

जसले सृष्टि गरे हामीलाई
ज्ञात, अज्ञात, ईश्वर, प्रकृति
मान्छे अपूर्ण तर मेसिन पूर्ण

अपूर्णले पूर्ण बुझ्ने क्रममा
संकलित बुँदहरूको प्रवाह
शिखरबाट झरेर बाटो खोज्ने

अनवरत आदि अनादि कालदेखि
बीचमा कति हराए, कति पुनः प्रवाहित
घुम्ती, दोभानले गाउँ बस्ती जोड्दै

कति नदी, कति ताल, फेरि कति नदी नालाहरू
कहिले नटुंगिएको प्रवाहले सधैं खोजिरहेको सागर
न समय बुझिएको, न प्रवाह बुझिएको

यस्तै नबुझिएकोले बनाएको सभ्यता
मान्छेभन्दा धेरै लामो अन्तरालमा
कति पटक जन्मे, कति पटक मरे

यसरी प्रवाहित प्रत्येक बुँद
समूहभित्र सधैँ सिंगो आउने जाने
प्रत्येक मान्छेको सिंगो जीवन

यस्तै एउटा जीवन, हँसिलो रसिलो चेहराको
मातातुल्य मेरी आफ्नै मातुलानी
दीर्घायु नेटो काटेर गइन् १०१ मा

आमाको औँला समातेर भष्मेश्वर काट्दा डराउने म
अहिले चितामा मातुलानीको पार्थिव शरीर हेरिरहेछु
भयरहित, भोलिको आफैंलाई त्यहाँ देखिरहेछु ।