देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

यही साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जानकारी  दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए । फागुनमा भएको महासमितिको बैठकका एजेन्डाहरु पारित गर्नका लागि बोलाइएको केन्द्रीय समिति बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ ।