देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कसले कसलाई सिकायो ?


कलाकारले सुन्दर तस्बिरमा रङ्ग भरे जस्तो
हाम्रा शासकहरूले अनेकौँ राग गाउने गरेका छन्
सात स्वरबाट गाइने राग जस्तो
हाम्राले दुइटा शब्दबाट अनेकौँ राग निकाली रहेका छन्
ती दुई शब्द हुन्– ‘जनजीविकाको रूपान्तरण गर्ने’
लम्पट कार्यकर्ता साज सरह बजेका
रागको आरोह, अवरोह र आलाप अनुसार
यसरी घुस खाने शासकीय राग गाइरहेका छन् यी सबै
कहिले उत्तर राग, कहिले दक्षिण राग,
कहिले दरबारी राग, ठुमरीको भाव सौन्दर्यमा
घुस खान कसले कसलाई सिकायो ?
भित्ताभित्तामा लेखिएका छन् उत्तरहरू
उत्तरले भरिएका छन् सामाजिक सञ्जालहरू
दूषित राजनीतिले जानेको, दूषित राजनीतिले सिकाएको
घुस खाने साङ्गीतिक खेलमा
दुई खेल तीन खेलाडी छन् अहिले
एक दर्जन च्याँखे थाप्नेहरू

नेपाललाई स्विट्जरल्यान्ड बनाइदिने
तातो हावा भरिएको गफैगफको रङ्गीचङ्गी बेलुन उडाएर
‘कानुनसम्मत’ भन्दै हाकाहाकी मुलुक लुटेर
स्विटजरल्यान्डको बैंक भर्नेहरूको बढ्दो डिपोजिट
त्यही अनुपातमा लुट र भ्रष्टाचारको अग्लिँदो शृंखला
साङ्गीतिक सत्ता कुर्सीको खेलमा तीन जनाको आलोपालो
‘जनजीविकाको रूपान्तरण गर्ने’ तस्बिर बनेको
यही हो नेपालको वास्तविकता आजको

कानुनसम्मत लुट्ने तरिकाको कहिले नटुङ्गिने शृंखला
कहिले नीतिगत, कहिले स्थितिगत
यसरी आर्जित भ्रष्टाचारको रकम सम्हाल्न नसक्ने गरी धेरै
शासकहरू तैरिरहेका छन् यसमा
त्यसैले सधैँ झैँ नयाँ खोजी भ्रष्टाचारलाई वैध बनाउने
योजना– यसपटक पनि कानुन संशोधनको,
संसद्को प्रयोग र उपयोगको

शासकले झुट बोल्ने थलो बनेको सांसद
झुटको कलात्मक तस्बिरको प्रस्तुति
फेरि भ्रष्टाचारलाई वैध बनाउने कानुनको प्रस्तुतिमा
भ्रष्टाचारलाई नै ‘स्वैच्छिक घोषणा’ बनाएर
भ्रष्टाचारको अभिलेख नै नराखेर
बहाना कर नतिरेको आर्जन भित्र्याउन
या, पहिले कर छली गरेको आम्दानीबाट रकम भित्र्याउन
तर पाँच हजारको मान्छेले पाँच अर्बको ‘स्वैच्छिक घोषणा’ गर्न मिल्ने
उसको आम्दानी सोधिने छैन
एउटा किसानले ५० हजार आफ्नो खातामा डिपोजिट गर्दा
आम्दानीको स्रोत खुलाउनु पर्छ
अब जजसको नाउँबाट पनि
जतिसुकै रकम पनि
‘स्वैच्छिक घोषणा’ गराउन मिल्ने
भ्रष्टाचारको रकम वैध बनाउन
आम्दानी नचाहिने, रकम मात्र चाहिने
भ्रष्टाचारको सब रकम वैध, ‘कानुनसम्मत’

जसरी बुझे पनि, नबुझे पनि
कुरा एउटै, सिर्फ एउटै
जनताको नाम लिएर
केही आफ्नो लागि, धेरै पराइको लागि
सकेसम्म कानुनसम्मत पारेर
कति कसको लागि ? कति आफ्नो लागि ?
डाँकाहरूको सङ्गठन होइन
आकाको सङ्गठन
मसिहाको स्वरूपमा
कानुनसम्मत जन– सङ्गठन
केवल जनताको लागि
अझ– जनजाति, दलित, सीमान्तकृतको लागि
रूपान्तरणको हावा बेचेर
स्वीकृति लिएर लुट्ने लुटाउने हो
यसको नाम – ‘लुटतन्त्रात्मक गणतन्त्र’
यो कहाँ छ, या छैन ?
कल्पना हो कि यथार्थ
भ्रम हो कि धरातलीय वास्तविकता
आफैं अनुभव गर्नुहोस्
वीर विजेता निमित्त नेतालाई
कति कटाक्ष गर्ने अब ?
यी झिमझिम गर्ने मूर्तिहरूलाई
आराध्यदेव मानेर दण्ड बैठक गर्नेहरू !
सोच्ने वेला भयो अब, सोच !

लागेको अम्बल के गर्ने ?
भ्रष्टाचारले डुङ्ग गनाउँदा पनि भ्रष्टाचारको गन्ध सहनै सक्दिनँ भन्ने हिजो
आज फेरि भ्रष्टाचार पनि गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्न भन्ने
लगत्तै आठ अर्ब जोडिएको बिजुलीको तार झङ्कृत
दुई तिहाइमा के के ब्याउने हो ?
कति रहन्छ मुलुक, कति सकिन्छ
चौरासीमा गरिने चन्द्रमाको पूजाको लागि ।