देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

देशान्तर

काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।