देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले पोलिटब्युरो बैठक जारी रहने

देशान्तर

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहनेछ। मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा भइरहेको छ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल भइरहेको छ। मंगलबार महासचिव शंकर पोखरेलले प्रस्तावित २३ पेज लामो कार्ययोजना आज नेताहरूको विचार विमर्शको लागि प्रस्तुत गरिएको छ।

नेताहरूलाई कार्ययोजनामाथि आफ्नो धारणा राख्न ३ मिनेटको समय छुट्याइएको छ। ३ मिनेटभन्दा बढी समय खर्च गर्ने सदस्यहरूले आफ्नो रायलाई लिखित रूपमा बुझाउनुपर्नेछ।