देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्मिता   र  सुवेदीको ‘नरोउ है आमा’ सार्वजनिक

देशान्तर

 काठमाडौँ ।  गीतकार डा शिव सुवेदीको शब्द सिर्जना नयाँ लोकगीत ‘नरोउ है आमा’ सार्वजनिक भएको छ। छोरीको पिर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरू समेटिएको गीतमा स्वर अस्मिता डल्ला कोटीको रहेको छ। सङ्गीत नन्दु परियारले भरेका छन्। सङ्गीत संयोजन पूर्ण संयोगले गरेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

गीतको म्युजिक भिडियो समेत निर्माण गरिएको छ। जहाँ गायिका डल्लाकोटी मुख्य भूमिका छन्। अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले उनलाई साथ दिएका छन्। कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोको छायाङ्कन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलको छ।