देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रास्वपाका ढाका लागूऔषध कारोबारी पनि

देशान्तर


जान्नेलाई छान्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरु एक पछि अर्को काण्डमा फस्दै गएका छन् । पार्टी अध्यक्ष रवि लामिछानेसहित अन्य नेताहरु सहकारी रकम दुरुपयोगमा आरोपित भइरहेका बेला त्यही पार्टीकै पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारी भएको भन्दै पक्राउ परेका छन् । सांसद् हुँदा पार्टीको ‘कोर टिम’लाई पैसा बुझाएमा आफू मन्त्री बन्ने भन्दै सभापति रवि लामिछानेसहितका नेताहरुलाई पोल्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि समानुपातिक सांसद भएका ढकालको पद गुमेको थियो । पार्टीले कारबाही गर्दै सांसदबाट बर्खास्तमा परेका उनी पछिल्लो समय पोखरामै केन्द्रीत भएर काम गर्दै आएका थिए ।

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक समेत रहेका ४८ वर्षीय श्रेष्ठलाई लागूऔषध कारबाहीको अभियोगमा बिहीबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । गत साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगरलाई लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ गरेको प्रहरीले उनीसँग बयान लिँदा उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए । त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिई फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।