देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह

देशान्तर

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उहाँले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बाढीपहिरोबाट लाखौँ जनताका अर्बाैँ मूल्य बराबरको क्षति भएको उल्लेख गर्दैै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राख्नुभयो । दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्याउन पनि उहाँले सबैसँग अपिल गर्नुभयो ।