देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

देशान्तर

पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी रूपमा पुन: सञ्चालनमा आएको छ। बर्दघाट नगरपालिका–४ स्थित खोर्सानीखोलामा सडक भासिएकाले यातायात अवरुद्ध भएको थियो।

सडकको मर्मतपश्चात् आज बिहान साढे ९ बजेदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो।

उहाँले सडकको पूर्ण मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन प्रयास भइरहेको भए पनि सडक भासिने क्रम नरोकिएकोले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो।