देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली सेनाले Exercise Cambrian Patrol 2024 मा स्वर्ण पदक जित्यो

देशान्तर

मित्रराष्ट्र बेलायतमा संचालन भएको “Exercise Cambrian Patrol 2024” मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। यो अभ्यास संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा मिति २०८१ आश्विन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको थियो।

उक्त अभ्यासमा बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो। सन् १९६० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदै आइरहेको छ।

दुई दिनको यस अभ्यासमा टोलीले हतियार र करिब ५० पौंड तौल बराबरको उपकरण र सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने थियो। यस क्रममा टोलीको लडाइको तयारी, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनजस्ता दक्षताहरूको परीक्षण गरिएको थियो।

यसअघि पनि, नेपाली सेनाले २०१७ र २०१९ मा यो प्रतियोगितामा स्वर्ण पदक जितेको थियो। पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपक कुमार बानिया सम्मानित अतिथिको रूपमा उपस्थित भएका थिए।

नेपाली सेनाको यो उपलब्धि राष्ट्रिय गौरवको विषय हो र यो विश्वव्यापी मञ्चमा नेपालको मान सम्मान थप्नमा महत्वपूर्ण भूमिका खेल्नेछ।