देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

देशान्तर

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन प्रस्थान गर्नुभएको छ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने यो मञ्चको बैठकमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीहरूको प्रतिनिधिमण्डल पनि समावेश रहेको छ। मन्त्री अधिकारीका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिनुभएको छ।

मञ्चको बैठक सोमबार, अक्टोबर १४ देखि सुरु हुनेछ र १८ अक्टोबरसम्म सञ्चालन हुने योजना गरिएको छ। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्य र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायतका सदस्य पनि रहेको बताइएको छ।

नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरिएका कामहरूको विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने योजना बनाएको छ।