देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला टी-२० विश्वकप छनोट : असोज ३० गतेदेखि बन्द प्रशिक्षण भैरहवामा

देशान्तर

काठमाडौं । यू-१९ महिला टी-२० विश्वकप क्रिकेट एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण असोज ३० गतेदेखि भैरहवामा हुने भएको छ।

प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट भएका छन्। तेस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार आगामी नोभेम्बरमा शुरू हुने यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट गरिएको हो।

टोलीमा मनिषाकुमारी उपाध्याय, एलिसाकुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी कुश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनी पाखीन, भवानी कामती, सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुवर, रन्जु श्रेष्ठ छन्।