देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अति


मुलुकको आँगन सकेर आफ्नो खेत अन्त जोड्ने
हाम्रो साझा घरको दलिल बालेर आगो ताप्न बोन फायर गर्ने
दुई खुट्टा भएका जनावररूपी यी पटमूर्खहरू
मुलुकमा अदृश्य काँडाहरू
अदृश्य पनि के भन्ने ?
हिजो यी अदृश्य अब त जगजाहेर
कहिले कुन, कहिले कुन सधैँ बिझीमात्र रहने
जब्बर बनेर गढेका यी फाल्न नसक्ने हामी
दुई पाइला हिँड्न के खोज्यो ऐया ऐया भनिहाल्नु पर्ने
कति पर जानुपर्ने, कहिलेसम्म यसरी ?
आत्मरक्षाको लागि संसार त्याग्न सक्नुपर्ने
पटमूर्ख त्याग्न नसकेर ऐया भनिरहेका
सामथ्र्यवान्को लागि यो गाह्रो नहुनु पर्ने
अब त अति भयो सहनै नसक्ने गरी
अति नहुने कहिले केवल प्रेममा
धर्म भनौँं या, पूर्ण समर्पण भगवान्मा
बाँकी सबैतिर अति हुन्छ
लुटेराको अति, दानवीय त्रासको अति,
दानवीय कर्मको अति
मुलुकको क्षत्विक्षत अति
यस्तै अति धेरै भएपछि पनि
विषको घडा भरिएको देखेपछि पनि
यो त अति हो भन्न नसक्ने हो भने
त्यो निश्चित रूपमा हुतीहारा हो
कालरात्रिको आगो ओकलेर बोलौँ
यो त अति भयो
अमृत पनि अति खायो भने विष हुन्छ
यी त विश्व वृक्ष बनेर फैलिरहेका छन्
त्यसैले अब बेला आएको छ– अति सर्वत्र वर्जयेत