देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आइसीसी लिग टू

नेपाल अमेरिकासँग तीन विकेटले पराजित

देशान्तर

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।

अमेरिकाका लागि शयान जहाजिंगरले सर्वाधिक १०४ रन बनाए, जसमा ९७ बलमा १२ चौका र ४ छक्का सामेल थियो। कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए भने हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे। शाड्ली भानले २७ रन बनाए भने जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन थपे।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट र ललित राजवंशीले १ विकेट लिए।

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएपछि निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८६ रन बनायो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको उत्कृष्ट पारी खेले। ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन बनाए भने अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रन जोडे। अन्यमा आरिफ शेखले ३७ रन बनाए।

अमेरिकाका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिंह, शाड्ली भान, शाक्ली, र जसदीप सिंहले समान १–१ विकेट हात पारे। नेपाल अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ।

नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित, र १ अङ्कविहीन खेलसँगै ३ अङ्कका साथ सातौँ स्थानमा छ। अमेरिका १० खेलमा ७ जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ भने क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ।