देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री राणा जापान नजाने, प्रधानमन्त्रीभन्दा पहिले नै चीन जाने तयारी

देशान्तर

काठमाडौ‌ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाकाे जापान भ्रमण स्थगित भएकाे छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा चीन भ्रमणमा जान लागेकी हुन् ।

यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिका थियो । उनी जापान नगई सीधै २८ नोभेम्बर (१३ मंसिर) मा चीन जाने भएकी हुन्।

काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो। तर चिकित्सकको समय उपलब्ध नभएकाले उनले जापान भ्रमण रद्द गरेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

चीनले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिरको मिति प्रस्ताव गरेको छ। सुरुवातमा प्रस्तावित मितिमा केही हेरफेर गर्ने पक्षमा रहे पनि पछिल्लो समय प्रधानमन्त्री ओली पनि सोही मितिमै चीन जाने तयारीमा छन्।

यसैअनुरुप नेपाल र चीन दुवै मुलुकले भ्रमणको तयारी सुरु गरे पनि भ्रमणको औपचारिक मिति घोषणा भने अझै भएको छैन। । त्यसकारण मन्त्री डा.राणा उतैबाट प्रधानमन्त्रीकाे भ्रमण दलमा सामेल हुने वा फेरि काठमाडौँ फर्केर जाने भन्ने तय भइसकेकाे छैन ।