देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापतिलाई सहकारी ठगीमा हिरासत, अन्य नेतालाई मानहानिकाे मुद्दा

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हाल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा छन् । विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। उनी हाल कास्की प्रहरी हिरासतमा छन्।

सभापति सहकारी ठगीकाे अभियाेगमा प्रहरी हिरासतमा छन् भने साेही पार्टीका मुख्य नेताहरूविरुद्ध पनि अदालतकाे अवहेलनामा मुद्दा दायर भएको छ । रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ।

दायर भएकाे मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ। यसअघि मंसिर ९ गते सुनुवाइका लागि पेशी तोकिएपनि पछि हेर्न नभ्याइने‍ सूचीमा राखिएको थियो।

रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै अधिवक्ता अनुपम भट्टराईले कार्त्तिक २९ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उनले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै रिट निवेदन दायर गरेका हुन्।