देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रधानमन्त्रीको घोषणा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही दिन मात्र काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीले सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागु हुने बताएका हुन् । थोरै सेवा गरेकालाई सोही समयको सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका सबै युवालाई उक्त कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै समय क्रममा सामाजिक सुरक्षाका दायरालाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताएका छन् । राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको पौडेलले बताए ।


योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक थालनीको मंगलबार ७ वर्ष पूरा भएको छ ।
कोषको तथ्यांक अनुसार सामाजिक सुरक्षा योजनाको औपचारिक सुभारम्भ भएको ७ वर्षको अवधिमा १९ हजार ७६९ रोजगारदाता कोषमा आवद्ध भएका छन् भने ती रोजगारदातामार्फत अहिलेसम्म ५ लाख ४३ हजार ४९१ योगदानकर्ता आवद्ध छन् ।